कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


 



मोरङको बुढीगंगा गाउँपालिका–३ शान्तिचोकमा मंगलबार कारको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा बुढीगंगा गाउँपालिका–२ बगवनका अन्दाजी ३० वर्षीय शोभा राजवंशी रहेका छन् ।

 




बागमती प्रदेश ०१–०२७ च २२ ६६ नम्बरको कारको ठक्करबाट गम्भीर घाइते भएका राजवंशीको गंगाचोक स्थित विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

राजवंशी सवार मे २ प ६९५७ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो साढे १ बजे कारले ठक्कर दिएको थियो । कार चालकलाई इलाका प्रहरी कार्यालय नेमुवाले नियन्त्रणमा लिएको प्रहरीले बताएकाे छ।

 



सम्बन्धित
Loading...