बुटवलबाट साढे चार सय तोला सुन चोरी

बुटवलमा रातिको समयमा सटर फोरेर करिब चार सय तोला सुन चोरी भएको छ । यो सोमबार रातिको घटना सुनचाँदी व्यवसायीहरूले बुधबार मात्र पत्रकार सम्मेलन गरेर जानकारी गराएपछि बाहिर आएको हो ।
बुटवलको बिपी चोकमा रहेको नन्दराम सुनारको सुनचाँदी पसलबाट ३६० तोला बराबरको सुनका गरहगना तथा २३ तोला काँचो सुन चोरी भएको हो । सुनसँगै नगद पाँच लाख रुपैयाँसमेत चोरी भएको सुनचाँदी व्यवसायी संघले जनाएको छ ।