विजयनगरको गाउँ गाउँमा निशा थारुको चर्चा
कपिलवस्तु,विजयनगर । स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा नेताहरु गाउँ गाउँ पुग्न थालेका छन । यो बेलामा ठाउँठाउँमा नेताका नै चर्चा चल्ने गर्दछ । कपिलवस्तुको विजयनगर गाउँपालिका उपाध्यक्ष पदमा उमेद्धारी दर्ता गरेकि निशा थारुको चर्चाले यतिबेला गाउँ देखि लिएर टोल-टोलसम्म तहल्का पिटेको छ । युवा एवम शैक्षिक साथै थारु समुदायबाट उमेद्धारी दिएकि निशा थारुको चुनावि चर्चाले यतिखेर बजार पाएको छ ।
कपिलवस्तुको नमुना गाउँपालिकाको उपाध्यक्ष पदमा उमेद्धारी दिएकि निशा थारु महिला र थारु समुदायको प्रतिनिधित्व गर्दै अगाडि बड्र्दै गर्दा चारैतिरबाट साथ देखिन्छ । विजयनगर गाउँपालिका वडा नं २ लोहरौला घर भई क्याम्पस तहदेखि राजनितिमा लागेकि चौधरी हाल नेपाली कङ्ग्रेस पार्टीमा आबद्ध भइ विभिन्न सामाजिक कार्यमा लाग्दै आएकि छिन । शैक्षिक रुपमा समेत अब्बल रहेकि थारु को चर्चाले निशा थारुलाई जिताउनु पर्ने समुदायमा होडबाजि चलिरहेको छ ।
अबको दिनमा सबैले विचार गरेर युवा वर्ग र शैक्षिक स्तरका व्यक्तिलाई अगाडि ल्याउन सके देश विकाशमा फड्को मार्न सकिने स्थानियको भनाई छ । आज राजनीति र नेतृत्वप्रति जुन दृष्टिकोण छ, त्यसलाई बदल्न सक्षम युवापुस्ताले नेतृत्व लिन जरुरी छ,