दाइजो नदिएको भन्दै आफन्तबाटै नि`र्घात कु`टपि`ट


 



सप्तरी जि`ल्ला अ`दालतले घरेलु हिं सा मुद्दामा अन्तरिम संरक्षणात्मक आदेश दिएपछि घरमा बास पाएकी महिलामाथि निर्घात कुटपिट भएको छ।

 

आफन्तबाटै कु`टिएर गम्भी`र घा इते भएकी जिल्लाको रूपनी गाउँपालिका-६ की ३० वर्षीया लक्ष्मीनियाँ कुमारी भगत उपचारका लागि अस्पताल भर्ना भएपछि घ`टना बाहिरिएको हो।

 




उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकी लक्ष्मीनियाँको घाँटी, ढाड, पाखुरा, टाउकोलगायतका शरीरका विभिन्न भागमा चोट लागेको छ।

 

आइतबार राति साढे ७ बजेतिरको घ`टना हो, तलाईं मारिदिन्छु भन्दै ससुरा शिवदयाल भगत, पति सञ्जीवकुमार भगत, सासू सीता देवी, जेठानी अञ्जु, नन्द रुजु, गाउँकै नाता पर्ने विणाले अन्धाधुन्ध कुटपिट गरेपछि म अ`चेत भएँ, उनले भनिन्न ।

 



सम्बन्धित
Loading...