मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु


 



म्याग्दीको मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

 




दरवाङदेखि बाबियाचौरतर्फ जाँदै गरेको ग९प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो ।

 

किसानको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार मङ्गला गाउँपालिका–२ का २५ वर्षीय सन्तोष किसानलाई सामान्य चोट लागेको छ ।

 

बिहान ३ बजे मोटरसाइकल सडकबाट करिब १०० मिटर तल खसेको थियो । उक्त सडकखण्डमा हाल सडक स्तरोन्नतिको काम भइरहेको छ ।

 



सम्बन्धित
Loading...