म्यादी प्रहरी साथीको कोठामा मृत फेला

हुम्ला सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृ’त्यु भएको छ ।
सिमकोट माथिल्लो बजारस्थित साथीको कोठामा पुगेका एक जना म्यादी प्रहरीको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।
सर्केगाड गाउँपालिका-६ घर भई हाल सिमकोटमा रहेका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकायाको मृ’त्यु भएको ओझाले बताए ।
उनी साथीको कोठामा मृ’त फेला परेका थिए । झ्याल-ढोका बन्द रहेको र उनी भुईँमा मृ’त फेला परेको ओझाले बताए । घटनाबारे कारण खुल्न सकेको छैन ।
सिमकोट । हुम्ला सदरमुकाम सिमकोटमा एक म्यादी प्रहरीको मृ’त्यु भएको छ । सिमकोटको माथिल्लो बजारमा साथीको डेरामा बस्दै आएका सर्केगाड गाउँपालिका–६ का ४५ वर्षिय जसबहादुर रोकायाको मृ’त्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाका अनुसार कोठामा झ्याल ढोका सबै बन्द गरेर सुतेका रोकाया बिहीबार मृ’त अवस्थामा भेटिएका थिए । मृ’त्युको कारण खुल्न सकेको छैन । घटबारे प्रहरीले अनुसन्धान थालेको छ । रासस