स्थानीय तह निर्वाचनः ३ दिन पठनपाठन बन्द गरेर मतदान


 



निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन पठनपाठनको वैकल्पिक व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।

 

आयोगले निर्वाचनका लागि आवश्यक व्यवस्थापन गर्नुपर्ने भन्दै मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन भौतिक रूपमा पठनपाठन बन्द गर्न सरकारलाई अनुरोध गरेको हो ।

 




आयोगले त्यस्ता विद्यालयहरू २८ वैशाखदेखि ३० वैशाखसम्म उपयोग गर्नुपर्ने भएकाले विद्यार्थीहरूलाई भौतिक उपस्थिति नगराउन र सो अवधिमा विद्यार्थीहरूलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था मिलाउन मुख्य सचिवमार्फत सरकारलाई अनुरोध गर्ने निर्णय गरेको आयोगले भनेको छ ।

 

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन हुने दिन ३० वैशाखमा सार्वजनिक बिदा दिन पनि सरकारसमक्ष अनुरोध गरेको छ ।



सम्बन्धित
Loading...