राप्रपा पार्टी कार्यालयमा आगजनीः विचारको राजनीति गर्न नसक्नेको खेल – भिडियाे सहित




नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ तिनघरे चोकमा रहेको राप्रपाको पार्टी कार्यालय अगाडि आगजनी भएको छ । गएराति आगजनी भएको हो ।

राप्रपाले उक्त आगजनी विचारको राजनीतिक गर्न नसक्नेले हतियारको राजनीति गर्न आगो लगाएको आरोप लगाएको छ ।




राप्रपा नवलपुरका अध्यक्ष विष्णु अधिकारीले सञ्चारकर्मीसँग कुराकानी गर्दै विद्युत लाइन नभएको बेला भएको आगलागी नियतबश गरिएको आगलागी भएको बताए ।

आगलागीबाट २ वटा मोटरसाइकल र २ वटा स्कुटी जलेर पूर्ण रुपमा नष्ट भएको नवलपुर प्रहरीले जनाएको छ ।

कावासोती १४ अग्यौली बस्ने नरबहादुर महतोले सञ्चालन गरेको बबुवा मोटरसाइकल वर्कशपमा मर्मतका लागि राखिएको २ वटा मोटरसाइकल, २ वटा स्कुटी, विद्युतको मिटर बक्स र एमसीबीमा अचानक आगलागी भएको जनाइएको छ । कावासोतीमा हावाहुरीका कारण रातभर विद्युत थिएन ।

 

आगजनीबाट पार्टी कार्यालयमा राखिएको चुनावी प्रचारप्रसार सामग्री र मतदाताहरुको नामावली रहेको नामावली लगत पनि जलेको छ ।

राप्रपा नवलपुरले घटनाको छानविन गर्न र सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ ।

आगलागीको कारण नखुलेको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

उक्त घरमा १० दिन अगाडि मात्रै राप्रपाले चुनावी प्रचारप्रसारका लागि सम्पर्क कार्यालय राखेको थियो ।

 



सम्बन्धित
Loading...