बा-ढीले बगाएर बालिकाको मृ`त्यु

शुक्रबार साँझको करिव ५ बजेको थियो । भेटघाटमा आएकी ८ वर्षीया बहिनीलाई माइती गाउँसम्म पठाउन भूमिकास्थान नगरपालिका वडा नं १ आमडाँडा निवासी दिदी दुर्गा घर्ती बहिनी शिवानीलाई लिएर घरबाट निस्किइन् ।
घरबाट निस्किएपछि सिमसिम पानीमा दिदी र बहिनी सँगै हिँडेका थिए । घर नजिकैको बेसारेखोला खोल्सी तर्ने क्रममा एक्कासि माथिबाट बा-ढी आयो । लेदो माटोसहितको बा-ढीले दिदीबहिनीलाई एक्कासि ब`गायो ।
हात समातेर हिँडिरहेका दिदीबहिनीलाई खोलाले ब`गाएपछि दिदी केही तल बाँसको हाँगो समाएर फुत्किन सकिन । तर, ८ वर्षीया बहिनी शिवानीलाई दुर्गाले बचाउन सकिनन् ।
रात परिसकेका कारण दुर्गा घर फर्किइनन् । तत्कालै प्र-हरी चौकी ढाकावाङ्गमा खबर गरियो । प्र-हरीको टोलीले राति करिब १२ बजेसम्म खोज्दा पनि फेला नपरेपछि प्र-हरी पनि रित्तो हात फर्कियो ।
जिल्ला प्र-हरी कार्यालय अर्घाखाँचीको टोलीसहित स्थानीयवासीहरू शनिबार बिहान हिलोमा गडेको अवस्थामा बालिकाको श`व फेला पार्यो । बालिकाको श`व पोष्टमार्टमको लागि जिल्ला अस्पताल प्यूठानमा पठाएको छ ।