एकीकृत समाजवादीका अध्यक्ष उम्मेदवारलाई स्थानीयले कान समातेर उठबस गराए ?


 



कालिकोटको नरहरीनाथ गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष उम्मेदवार धिरबहादुर विष्टलाई स्थानीय युवाले कान समातेर उठबस गराएका छन् ।विष्टले सरकारी गाडी दु’रुपयोग गरेको र सार्वजनिक स्थलमा म’दिरापान गरेको भन्दै स्थानीय युवाले माफी मगाउँदै उठबस गर्न लगाएका हुन्।




विष्टसँगै म’दिरा सेवनमा सहभागी नरहरीनाथ– ७ का वडाअध्यक्ष दलबहादुर विश्वकर्मालाई पनि स्थानीयले उठबस गराएका छन् । उनीहरुले उठबस गराएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

 

भिडिओमा देखिन्छ– सुर्खेतको एक होटलमा सरकारी गाडीसहित उनीहरु म’दिरा सेवन गरिरहेको अवस्थामा केही युवा फेला पार्छन् । विष्टले माफी माग्छन् । र पनि उठबस गराएरै छाड्छन् ।२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित विष्टले केही दिनअघि अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

 

अध्यक्ष विष्टले आफूमाथि सुनियोजित रुपमा प्र’हा’र गर्न थालिएको बताए । ‘भिडियो कहाँ खिचेका हुन् थाहा भएन, को–को हुन् भन्ने पनि म चिन्दिनँ’, उनले  भने, ‘अहिले मेरो पक्षमा माहोल बन्दै गएको छ । त्यसैले सुनियोजित प्र’हार भयो ।’उनले आफूसँग पैसा मागेको र नदिएपछि भिडिओ सार्वजनिक गरेको बताए ।

 

 



सम्बन्धित
Loading...