अधिवक्ता मनोज कुमार नागवंशी (हरिजन) जनताहरुको हाथ हाथमा ।
रामकरण अम्बेडकर ꓽ
पश्चिम नवलपरासी पाल्हीनन्दन गाउंपालीका अध्यक्षपदको स्वतन्त्र उमेदवार अधिवक्ता मनोज कुमार नागवंशी (हरिजन) जनताहरुको हाथ हाथमा ।
पार्टीका कार्यकर्ताहरुले पैसा खर्च गर्न सकनु हुन्छ भन्दै पार्टीहरुले दलितहरु लाई बेवास्ता गरेपछि गाउंपालीका अध्यक्ष पदमा स्वतन्त्र उमेदवारी गरेको अधिवक्ता मनोज कुमार नागवंशी हरिजनले बताए ।
गाउंपालीका अध्यक्ष पदमा स्वतन्त्र मनोनयन पत्र दर्ता गरेपछि चुनाव चिन्ह आंप लिएर अहिले जनताहरुको घर घरमा पुगी चुनाव चिन्ह आंपमा कसरी छाप लगाउनु पर्छ मतदाताहरुलाई सिकाउदै भोट माग्दै गरीब र पिडित जनताको समस्या घोषणा पत्रमा लेखेअनुसार समस्या समाधान गर्छु नागवंशीले बताए ।
उनका अनुसार समुदायको सरसल्लाहबाट मनोनयन पत्र दर्ता गरी चुनाव प्रचार प्रसारमा आए पछि बेवास्ता गरेको दलित समुदाय लाई अहिले विभिन राजनितिक दलका नेताहरुले वास्ता गरिरहेका छन ।
घोषणा – पत्र
१) विद्यालय, मदरसा, मस्जिद, मन्दिर, बुद्धबिहार, चर्च तथा कब्रस्तान लगायत सामुदायिक, सार्वजनिक तथा सरकारी सम्पत्तिको न्यायोचित संरक्षण एवं व्यवस्थापन गर्नेछु ।
२) ३००० युवा ⁄ युवतीहरुलाई रोजगारीको व्यवस्था गर्ने ।
३) सम्पत्ति कर घटाउने ⁄ हटाउने ।
४) माध्यमिक तह सम्मको शिक्षा कानून बमोजिम निःशुल्क रहेता पनि कार्यान्यन नभएकोले पूर्ण रुपमा कार्यन्वयन गर्ने प्रतिवद्धता ।
५) धार्मिक, लैङ्गिक, जातिय उत्पीडन निस्तेज गर्ने ।
६) राष्ट्र सेवक तथा समाज सेवक द्वारा हुने असहिष्णुताको अन्त गर्ने ।
७) भ्रष्टाचार तथा अनिय मितता मुक्त पालिका बनाउन सदैव तत्पर रहने ।
८) सामुदायिक विद्यालयमा तथा सर्वाधिक अंकल्याउने विद्यार्थीहरुलाई अगमी अध्ययनको लागि उपयुक्त छात्र वृत्तिको व्यवस्था गर्र्ने ।
९) शिक्षण संस्थाहरुलाई समृद्ध तथा स्वतन्त्र बनाउने ।
१०) कानून बमोजिम निःशुल्क स्वास्थ्य उपचार कार्यान्यन गर्ने ।
११) स्वास्थ्य संस्थाहरुलाई सक्षम तथा सुविधा सम्पन्न बनाउने ।
१२) कृषि जन्य उतपादन वृद्धिगर्ने तथा बजार व्यवस्थापन गर्न समुचित नीति निर्माण गर्ने ।
१३) बालबालिका तथा युवा युवतीहरुलाई विकृतितर्फ जानबाट रोक्न नीति निर्माण गरी कार्यान्यन गर्ने ।
१४) सामाजिक सद्भाव तथा समाजमा खल्ल पुर्याउने गतिविधीलाई नीति निर्माण गरी नियन्त्रण गर्ने ।
१५) विज्ञान प्रविधि खोज, अनुसन्धान तथा अविष्कार सम्बन्धी निकाय स्थापना गर्ने ।
१६) योग्यता अनुसार काम, काम अनुसार दाम सम्बन्धी नीति निर्माण गरी कार्यान्यन गर्ने ।
१७) शोषणमुक्त समाजको स्थापना गर्ने समान कामको समान ज्यालाको नीति कार्यान्वयनमा ल्याउने ।
१८) घर तथा बासस्थान बिहीनहरुको लागि कानून बमोजिमको आवासको व्यवास्था गर्ने ।
१९) नागरिकता विहिन नागरिकहरुको पालिका स्तरिय सेवा सुविधामाकुनै किसिमको विभेद हुन नदिने ।
अनुरोध ꓽराट्रघाती एम⋅सी⋅सी⋅जस्तो परियोजना ल्याउने सबै राजनितिक दलको गतिविधिबाट सहमत नहुन सकेकोले स्वतन्त्र उमेदवारी गरेको छु ।राष्ट्र हित ध्यानमा राखी मलाई अमुल्य मत दिई भारी मतले विजयी गराउन हुन अनुरोध गर्द छु ।
नोटःकार्यान्यन हुन सक्ने घोषणा गरीएको छ, यदि कसैले लोभ्याउने मात्र घोषणा गरेमा विचार पुर्याई दिनु होला ।सम्मानित जनताको साथ रहेमा ̋ होईन गरेर देखाउने छु ।
अधिवक्ता मनोज कुमार नागवंशीले एम⋅ए⋅(राजनिति शास्त्र) एल एल बी ⋅गरेर र पाल्हीनन्दन गाउंपालीका अध्यक्ष पदमा उमेदवार घोषणा–पत्र लेख्नु भएको छ ।
अहिलेको निर्वाचनमा पार्टीका नेताहरुको चालचलन देखेर पढेलेखेको योग्य र स्वतन्त्र उमेदवार लाई जनताहरुले मत दिन ईच्छुक रहेको स्थानियहरुले बताए ।