क्रान्तिकारी माओवादीको नवलपुरमा निर्वाचन बहिस्कार अभियान तीब्र

नवलपुर । पूर्वी नवलपरासीमा नेकपा क्रान्तिकारी माओवादीले निर्वाचन बहिस्कार अभियानलाई तिब्र बनाएको छ ।
सोही क्रममा क्रान्तिकारी माओवादीले कावासोतीमा निर्वाचन बहिस्कारको आव्हान गर्दै कोण सभा गरेको छ ।
कोण सभामा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य अशोक लम्साल अनुकुलले बैशाख ३० गते हुने निर्वाचनले जनताको समस्याको समाधान गर्नुको सट्टा भ्रष्टचारी, दलाली, घुसखोरीहरुलाई स्थानीय सरकारको सत्तामा पु¥याउने खेलो मात्र भएको भन्दै मतदान नगर्न आव्हान गरेका छन् ।
कोण सभामा बोल्दै अुनकुलले अहिले निर्वाचनमा एउटा उम्मेदवारले करोडौं खर्च गरेको र उसले त्यो रकम निर्वाचित भएर गएपछि जनताको करबाट असुल्ने, विकास निर्माणका नाममा हुने कामबाट कमिसन लिएर असुल्ने समेत दावी गरे ।
नेकपा क्रान्तिकारी माओवादीले यस पटकको निर्वाचनलाई सशक्त रुपमा बहिस्कार गर्ने निर्णय गरेको छ ।
क्रान्तिकारी माओवादी नवलपुरले नवलपुरका विभिन्न स्थानमा पोष्टर टाँसेर, पर्चा विवतरण गरेर निर्वाचनको बहिस्कारको आव्हान गरेको छ ।



