बालेनलाई अर्का मेयरमा उम्मेदवार दिएका आनन्द जोशीकाे समर्थन


 



काठमाडौं । आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा राष्ट्रिय यथार्थवादी पार्टीबाट काठमाडौं महानगरको प्रमुख (मेयर)मा उम्मेदवारी दिएका आनन्द जोशीले स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई समर्थन गर्ने भन्दै घरदैलो कार्यक्रम बन्द गरेका छन् ।

 

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवारीबाट पछि हटेकाे जानकारी गराएका जोशीले बालेनलाई समर्थन गर्ने निर्णय भएसँगै घरदैलो कार्यक्रम बन्द गरेकाे बताएका हुन् ।

 




उनले फेसबुकमार्फत् भनेका छन्, ‘आदरणीय साथिहरु। रास्ट्रिय यथार्थबादी पार्टी ले रास्ट्रिय युबा नेता काठमाडौं महानगर बाट स्वतन्त्र मेयर उमेदवार बालेन साह लाई समर्थन गर्ने विषयमा छलफल भइरहेको हुदा आज हुने भनेको विशाल घरदैलो कार्यक्रम स्थगित भयको जानकारी गराउछु।

आनन्द राज जोशी (महासचिव -रास्ट्रिय यथार्थबादी पार्टी नेपाल) ।’

 



सम्बन्धित
Loading...