निर्वाचनका लागी नवलपुरको सबै पालीकामा सुरक्षाकर्मी परिचालन

नवलपुर । स्थानीय तह निर्वाचन नजिकिर्दै गर्दा नवलपुर जिल्लामा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको छ ।
नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुमन घिमीरेले प्रत्यक मतदान केन्द्रमा कम्तिमा ८ जनाका र अन्य स्थानमा २८ जनाको दरले नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेना सहीतको टोली ८ वटै पालीकामा परिचालन गरीएको बताउनुभयो ।
घिमीरेका अनुुसार सबै पालीकामा गस्तिका लागी ४० वटा मोवाइल टोली पनि परिचालन गरिएको छ ।
निवार्चनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन बैशाख ३० गतेसम्म मादक पदार्थ विक्री वितरणमा पनि रोक लगाएको घिमीरेले बताउनुभयो ।