देशभर मतदान शुरू, चितवनमा प्रचणड र रेनुले गरे मतदान
देशभर स्थानीय तह निर्वाचन २०७९ अन्तगत आज विहानैबाट मतदान शुरु भएको छ ।
आज विहान ७ बजेबाट मतदान शुरु भएको हो । मतदान साँझ ५ बजेसम्म हुने छ ।
पुर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् । भरतपुर वडा नस्( १४ शान्तिपुर स्थित नेपाल पुलिस स्कुलको मतदान केन्द्रमा पहिलो मतदान गरेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकि छोरीहरु रेणु दाहाल र गंगा दाहालले भरतपुर १४ स्थित आधारभुत विध्यालय सुन्दरवस्तीबाट मतदान गरेका छन । रेनु दाहाल मेयरकी उमेदवार समेत हुन ।


रुपन्देहीमा मतदान शुरु एमाले उपाधयक्षले बुटवलमा गरे मतदान रुपन्देहीमा आज बिहान सात बजेबाट मतदान शुरु भएको छ ।
यहाका सबै ७ सय मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान शुरु भएको रुपन्देहीका जिल्ला निर्वाचन अधिकारी अयोध्या भण्डारीले बताए । मतदानमा उत्साहजनक सहभागिता रहेको छ ।
मतदानका क्रममा बुटवल सडक डिभिजन केन्द्रमा पहिलो भोट एमाले उपाध्यक्ष विष्णु पौडेलले गरेका छन्। मतदानका लागि मतदाता बिहानैदेखि लाइन लागेका छन्। बिहान लुम्बिनी प्रदेशका बुटवलसहित केही स्थानमा वर्षा भए पनि अहिले रोकिएको छ।



कावासोती




लमजुङको सुन्दरबजार नगरपालिका २ को महेन्द्र मन्दिर माबि परेवाडाडाको क केन्द्रबाट निर्बाचन आयुक्त डाक्टर जानुका कुमारी तुलाधरले मतदान गरेकी छन् ।
