नवलपुरको बुलिङ्गटारमा काँग्रेस एमालेबीच झडप




नवलपुर । पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका ६ अत्रौलीको मतदान केन्द्रमा नेकपा एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।

 

जेष्ठ नागरिक, अशक्त नागरिकले मतदान गर्ने क्रममा सहयोगी लैजाने विषयमा झडप भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले बताए ।

 




महर्जनका अनुसार दुई पक्षबीच झडप भएर केही बेर मतदान रोकिएको भए पनि अहिले पुन मतदान शुरु भएको छ । केही पक्षले मतदान स्थगित गरेर पुन मतदान गर्नु पर्ने माग गरेका थिए ।

 

नवलपुरमा अहिले अधिकांश स्थानमा शान्तिपूर्ण रुपमा मतदान भईरहेको उनले बताए । नवलपुरमा २ सय ९९ मतदान केन्द्रमा मतदान भईरहेको छ ।

 

नवलपुरमा अहिले अधिकांश स्थानमा शान्तिपूर्ण रुपमा मतदान भईरहेको उनले बताए । नवलपुरमा २ सय ९९ मतदान केन्द्रमा मतदान भईरहेको छ । यहाँ १ लाख २१ हजार ३८ जना पुरुष, १ लाख ३३ हजार ५ सय ७३ जना महिला र ४ जना तेस्रो लिङ्गी गरी २ लाख ५४ हजार ६ सय १५ जना मतदाताहरु रहेका छन् ।



सम्बन्धित
Loading...