दैलेखमा कांग्रेस कार्यकर्ता एक्लैले दर्जनौँ व्यक्तिको भोट हालेपछि विवाद




दैलेखको आठबिसमा रहेको भैरव माध्यमिक विद्यालयको मतदान केन्द्रमा नेकपा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । झडपमा एमालेका आधा दर्जन बढी कार्यकर्ता घाइते भएका छन् । अहिले मतपेटिकाहरू सुरक्षित स्थानमा राखिएको छ । मतदान स्थगित भएको छ ।

 

कांग्रेस कार्यकर्ता गणेश बहादुर शाही दर्जनौँ भोट हालेपछि झडपको अवस्था आएको एमाले नेताहरूले बताएका छन् । शाहीले धेरैको भोट आफै हालेको र त्यस्तो नगर्नुस् भन्दा आक्रमण भएको उनीहरूले बताएका छन् ।

 




घाइते हुनेहरूमा दुर्गा थापा, कल्पना थापा, कमल थापा, दिल्ली थापा, बलबहादुर थापा लगायत रहेका छन् ।

 

कांग्रेसको तर्फबाट पुरन पुरी, गणेश पुरी, गणेश बहादुर शाही, गगन शाही, हर्कनाथ योगी, लगायतले आक्रमण गरेको एमालेले जनाएको छ ।

 



सम्बन्धित
Loading...