पश्चिम नवलपरासीमा ५१.२९ प्रतिशत मत खस्यो, आजैसाँझबाट मतगणना हुने




नवलपरासी । पश्चिम नवलपरासीमा ५१ दशमलब २९ प्रतिशत मत खसेको छ । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलका अनुसार पश्चिम नवलपरासीमा २ बजेर २५ मिनेट जाँदासम्मको तथ्यांक अनुसार ५१ दशमलब २९ प्रतिशत मत खसेको हो ।
अहिलेसम्म बर्दघाट नगरपालिकामा ४८.७८ प्रतिशत, रामग्राम नगरपालिकामा ६२.७४ प्रतिशत, सुनवल नगरपालिकामा ४३.०८ प्रतिशत मत खसेको छ । त्यसैगरी प्रतापपुर गाउँपालिकामा ५६.२७ प्रतिशत, पाल्हीनन्दन गाउँपालिकामा ५१ प्रतिशत, सरावल गाउँपालिकामा ४५.१५ प्रतिशत र सुस्ता गाउँपालिकामा ५५.६७ प्रतिशत मत खसेको छ ।

प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार पश्चिम नवलपरासीका सबै स्थानमा शान्तिपूर्ण तरिकाले मतदान भईरहेको छ ।




साँझैबाट मतगणना हुने
सातवटै स्थानिय तहहरुमा मतगणनाका लागि उच्च स्तरको सुरक्षा ब्यवस्था गरिएको छ । उत्तर तर्फको चुरे पहाडको भेदीदेखी भारतीय सिमाना सम्म जोडिएको पश्चिम नवलपरासीका सात वटा स्थानिय तहहरुमा मतगणनाको सुरक्षाका लागि उच्च स्तरको ब्यवस्था मिलाईएको जिल्ला मुख्य निर्वाचन आयुक्त ध्रुव कुमार शाहले बताए ।

मुख्य निर्वाचन अधिकृत शाहका अनुसार जिल्लाका सात वटै निर्वाचन अधिकृतको कार्यालयमा शुक्रवार साँझबाट नै मतगणनाको काम शुरु गरिने बताईएको छ । मतगणनाका लागि सात वटै निर्वाचन अधिकृतको कार्यालयमामा गरिने मतगणनाका लागि मतगणना स्थलमा जालीको बार, विभिन्न कोणबाट लगाईएको सिसी क्यामराहरुको ब्यवास्था गरिएको छ भने सुरक्षाका लागि नेपाली सेना, शसस्त्र प्रहरी बल, नेपाल प्रहरी सहित म्यादी प्रहरीको तीन स्तरको सुरक्षा घेरा बनाईएको छ ।

मतगणना स्थलमा लगाईएका सिसी क्यामराहरुबाट निर्वाचन कार्यालयको गतिविधी निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाट समेत निगरानी गर्न सकिने ब्यवस्था गरिएको सुनवल नगरपालिकाका निर्वाचन अधिकृत लिलाधर अधिकारीले बताए ।

गणनाका लागि सुनवल नगरपालिकाको बालविकासको भवन, रामग्राम नगरपालिकाको मत गणनाका लागि परासीको आदर्श माध्यामिक विद्यालय भवनको छतको भाग, सुस्ताको पालिका भवन लगाएतमा मतगणनाको ब्यवस्था गरिएको छ ।

नवलपरासीका दक्षिण भारतसंग सिमाना जोडिएका पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउँपालिकाकोका ५ वटा अतिसंवेदनशिल, ६१ वटा संवदनशिल मतदान केन्द्रलाई सुरक्षाको विशेष ब्यवस्था मिलाईएको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।



सम्बन्धित
Loading...