तनहुँमा व्यास नगरपालिका मेयरका उम्मेदवार जोशीमाथि कुटपिट




तनहुँ । तनहुँको व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ ।

 

ब्यास नगरपालिका-८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका उनीमाथि नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेको जोशीले बताएका छन् । उनको टाउकोमा चोट लागेको छ ।

 




कांग्रेसका पूर्वनेता गोविन्दराज जोशीका छोरा दीपक नेकपा एमालेको समर्थनमा मेयरको उम्मेदवार बनेका छन् ।

 

जोशीले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गाउँमा आफूमाथिआक्रमण भएको बताए । ‘२ मिनेट मात्र ढिला (कोठा) भित्र आएको भए म मर्न पनि सक्थें’ उनले भने, ‘अहिले पनि बाहिर गुण्डाहरु छन्, म भित्र छु ।’

 

कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेको भन्दै जोशीमाथि कुटपिट गरेका हुन् ।



सम्बन्धित
Loading...