पूर्वी नवलपरासीमा अहिलेसम्म ६० प्रतिशत मत खस्यो, मतगणना आजै

पूर्वी नवलपरासीमा अहिलेसम्म ६० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीका अनुसार अहिलेसम्म जिल्लामा मतदान जारी छ ।
बिहान ७ बजेबाट शुरु भएको मतदान अहिलेसम्म शान्तिपूर्ण रुपमा सन्चालन भैरहेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए ।
जिल्लामा दुई सय ९९ मतदान केन्द्र र १ सय १३ मतदान स्थल छन् । दिउँसो केही समय पानी पर्दा केही स्थानमा रोकिएको मतदान पानी पर्न छोडेपनि सुचारु भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।
मतगणना आजबाट नै शुरु गर्ने गरी तयारी गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतगणनाको लागि सबै पालिकाहरुमा तारजाली र सीसीटीभी क्यामरा जडान गरी व्यवस्था मिलाइएको छ ।
जिल्लामा ४ नगरपालिका र ४ गाउँपालिका छन् । यहाँ २ लाख ५४ हजार ६ सय १५ मतदाता छन् ।