मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र घले विजयी
लमजुङ ।
मनाङको चामे गाउँपालिकाको अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले निर्बाचित भएका छ्न ।
उनी यसअघिको ०७४ को निर्बाचनमा पनि एमालेबाट गाउँपालिका अध्यक्षमा निर्बाचित भएका थिए ।
घलेले ३ सय २० मत ल्याएर बिजयी भए भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका छिरिङ दोर्जे लामाले २ सय ७९ मत ल्याएर पराजित भएका छन । उपध्यक्षमा नेपाली कांग्रेसकी मिङ्मार डोमा लामा ३ सय २५ मतले बिजयी भएकि छ्न । उनकी प्रतिद्वन्दी नेकपा एमालेकी आश कुमारी गुरुङ २ सय ७४ मत ल्याएर पराजित भएकि छन ।
चामे गाउँपालिकामा ०७४ को स्थानीय तह चुनावमा पनि कांग्रेसले नै उपाध्यक्ष जितेको थियो ।
चामे गाउँपालिकामा ७ सय ११ मतदाता रहेकोमा ६ सय १० मत अर्थात ८५ दशमलव ७९ प्रतिशत मत खसेको थियो ।
यसअघि वडा नम्बर १ मा एमालेका खड्कजंग गुरुङ र वडा नम्बर २ मा कांग्रेसका मंगलदेव गुरुङ निर्विरोध भइसकेका छन् । वडाअध्यक्षतर्फ वडा ३ को अध्यक्षमा कांग्रेसका विनोद लामा ७५ मत ल्याएर विजयी भएका छन् ।
उनका प्रतिद्वन्दी एमालेका प्रेमकुमार श्रेष्ठले ५५ मत ल्याएका छन् । वडा नम्बर ४ मा कांग्रेसका लोप्साङ लामाले ८८ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् । प्रतिद्वन्दी एमालेका पाल्साङ लामाले ४० मत ल्याएका छन् ।
वडा नम्बर ५ को अध्यक्षमा एमालेका कैले गुरुङ र कांग्रेसका फुर्पा छिरिङ लामाले बराबर ३०/३० भोट ल्याएका छन् । उनीहरुको गोलाप्रथाबाट छनोट गरिने भएको छ ।