गणना स्थलमा कर्मचारीसँग स्वस्तिक छाप सहित भेटिएपछि …

इलामको देउमाई नगरपालिकाको मतगणनाको क्रममा बिवाद उत्पन्न भएको छ ।
मतगणना स्थलमा नगरपालिकाका एक जना कर्मचारीको साथमा स्वस्तिक छाप र मोबाइल भेटिएपछि बिवाद उत्पन्न भएको हो ।
बिवाद पछि गणना स्थल बाहिर झडपको अवस्था सृजना भएको छ ।
गठबन्धन दलका नेता कार्यकर्ताले पुनः मतदानको माग गरेका छन् । थप बिवरण आउन बाँकी रहेको छ ।
भरतपुरमा मतगणना सुरू, वडा नम्बर १ का तीन मतपेटिका खोलियो
चितवनको भरतपुर महानगरपालिकामा मतगणना सुरू भएको छ।
वडा नम्बर १ का तीन वटा मतपेटिका खोलेर मतगणना सुरू भएको हो। भरतपुर महानगरपालिकामा ६८.८० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
भरतपुरका २९ वटै वडामा मतदान सकिएपछि मुचुल्का उठाएर चितवन उद्योग संघको प्रदर्शनी केन्द्रस्थित मतगणना स्थलमा ल्याइएको थियो।
भरतपुर महानगरपालिकामा गठबन्धनबाट रेनु दाहाल, नेकपा एमालेबाट विजय सुवेदी मेयर पदको उम्मेदवार छन्। यहाँ नेपाली कांग्रेसको असन्तुष्ट समूहको नेतृत्व गरेर जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनीहरूबाहेक मेयरमा दुई दर्जन उम्मेदवार छन्।