नवलपुर गैडाकाेट १८ मा काँग्रस विजयी




नवलपुर ।पुर्वी नवलपरासीकाे गैंडाकोट नगरपालिका वडा नं १८ को मत गणना सकिएको छ ।

 

प्राप्त परिणाम अनुसार वडा नं १८ को वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार तिलबहादुर चितौरे विजयी हुनु भएको छ । चितौरेले ६५२ मत ल्याउनुभएको छ ।

 




उहाँका निकटतम प्रतिद्वन्दी मंगोल नेशनल अर्गनाइजेशनका चुमन सिंह चितौरेले ३७६ मत ल्याउनु भएको छ । यसको निर्वाचन आयोगले पुष्टि गर्न बाँकी छा ।

 

वडामा मेयर पदका लागि नेपाली काँग्रेसका उम्मेदवार मदन भक्त अधिकारीले ६११ मत ल्याउनु भएको छ भने नेकपा एमालेका मेयर पदका उम्मेदवार छत्रराज पौडेलले १३८ मत प्राप्त गर्नुभएको छ ।

 

यसैगरी उपमेयरमा नेकाकी उम्मेदवार शान्ति कोइरालाले ६२० र मंगील नेशनल अर्गनाईजेशनका देउमाया थापाले ३६४ मत प्राप्त गर्नुभएको छ ।

 



सम्बन्धित
Loading...