नवलपुरः बौदिकाली वडा नं. ६ मा नेपाली कांग्रेसको प्यानल विजयी


 



नवलपुर। पूर्वी नवलपरासीको बौदिकाली गाउपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।

 




बौदिकाली गाउपालिका वडा नम्बर ६ वडाअध्यक्षमा नेपाली कांग्रेसबाट खुम बहादुर सारु विजयी भएका छन् ।
बौदिकालीमा कुल १३७४ मत खसेकोमा उनले ७ सय २१ मत प्राप्त गरेका हुन् ।

 

खुम बहादुर सारुका निकटतम प्रतिस्पर्धी नेकपा एमालेबाट उम्मेदवार पूर्ण थापाले ६ सय २१ मत प्राप्त गरेका हुन् ।

 

त्यसैगरी महिला सदस्य १, खुल्ला सदस्य २ र दलित महिला सदस्य १ मा पनि नेपाली कांग्रैसबाट विजयी भएका छन् ।

 

बौदिकाली गाउपालिका वर्डा नम्बर ६ नेपाली कांग्रेसबाट गाउपालिका अध्यक्षमा  उम्मेदवार केवी रानाले ७ सय २६ मत प्राप्त गरेका छन् भने उपाध्यक्षका उम्मेद्वार धनकान्ति घिमिरेले ६ सय ८२ मत प्राप्त गरेका छन् ।

 

त्यसैगरी नेकपा एमालेबाट गाउपालिका अध्यक्षमा प्रकाश ओझाले ६ सय १७ मत प्राप्त गरेका छन् भने गाउपालिका उपाध्यक्षकी डिल कुमारी सारुले ६ सय ६५ मत प्राप्त गरेकी छन् ।

 



सम्बन्धित
Loading...