नवलपुरबाट शुरु भयो राप्रपाको विजयी यात्रा, विनयी त्रिवेणी ७ मा प्यानलै विजयी

नवलपुर । पूर्वी नवलपरासीबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले विजयी यात्रा शुरु गरेको छ । विनयी त्रिवेणी गाउँपालिका ७ को अन्तिम मत परिणाम आउँदा राप्रपाले विनयी त्रिवेणी ७ मा वडाध्यक्ष सहित प्यानलै जित हात पारेको छ ।
विनयी त्रिवेणीमा अहिलेसम्म राप्रपाले काँग्रेस एमालेलाई पछाडि पार्दै गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा समेत अग्रता लिएको छ ।
राप्रपाका उमेश कार्कीले १ हजार १ सय २७ मत प्राप्त गरी विनयी त्रिवेणी गाउँपालिका ७ को वडाध्यक्षमा विजयी भएका छन् । त्यसैगरी उनका निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसका गोपाल बहादुर क्षेत्रीले ५६५ मत र एमालेका जीतबहादुर गुरुङले २०० मत प्राप्त गरेका छन् ।
यहाँ राप्रपाबाट सदस्यमा प्रकाश गुरुङ र फजलुन्दिन अन्सारी विजयी भएका छन् । त्यसैगरी महिला सदस्यमा राप्रपाकै शोभा क्षेत्री र दलित महिला सदस्यमा बन्दना सुनार विजयी भएका छन् ।
विनयी त्रिवेणी ७ मा राप्रपाबाट गाउँपालिका अध्यक्षका उम्मेदवार तिलक भट्टराईले ९४७ र उपाध्यक्षमा राप्रपाकी मुनादेवी न्यौपानेले ९५४ मत प्राप्त गरेकी छिन् ।
गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका डम्बरबहादुर जिसीले ६०५ र एमालेका घनश्याम गिरीले ३१७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी गाउँपालिका उपाध्यक्षमा राप्रपाकी मुनादेवी न्यौपानेले ९५४, काँग्रेसकी कला भुजेलले ५८९ र एमालेकी भगवती वैदवार क्षेत्रीले ३१० मत प्राप्त गरेकी छिन् ।
अहिले यहाँ विनयी त्रिवेणी ६ को मतगणना चलिरहेको छ । विनयी त्रिवेणी ६ मा पनि राप्रपाका अग्रता रहेको छ ।





