मध्यविन्दु नगरपालिकामा मतगणना सुरु हुदै, वडाका मतपेटिका खोलियो


 



नवलपुरको मध्यविन्दु नगरपालिकामा मतगणना सुरु हुने तयारी भएको छ ।




 

अहिले मतगणनका लागि मतपेटिका खोलिएको छ । निर्वाचन आयोगले वडा नम्बर १ को मतपेटिको खोलिएको जानकारी दिएको छ ।

 

उम्मेदवारहरूका प्रतिनिधि राख्ने विषयमा सहमति नजुट्दा मतगणना कार्यमा ढिलाई भएको थियो । सहमति जुटेसँगै केहीबाट मतगणना सुरु गर्ने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको छ ।

 

मध्यविन्दु नगरपालिका वडा नम्बर १ बाट सबैभन्दा पहिला मतगणना सुरुहुने भएको छ । शुक्रबार सम्पन्न भएको निर्वाचनमा मध्यविन्दु नगरपालिकामा ७३.९३ प्रतिशत मत खसेको थियो ।



सम्बन्धित
Loading...