एमालेको किल्ला मध्यविन्दु १ मा कांग्रेस बिजयी

एमालेको किल्लाका रुपमा रहेको मध्यविन्दु नगरपालिका वडा नं १ मा नेपाली कांग्रेसका तिलकराम न्यौपाने विजयी भएका छन् ।
विजयी हुने न्यौपानेले १ हजार ७५ मत ल्याएका छन् भने उपविजेता नेकपा एमालेको तर्फबाट राम कुमार पुरीले ९ सय ८६ मत प्राप्त गरेका छन् ।
न्यौपानेले नेकपा एमालेका उम्मेद्वार पुरीलाई ८८ मतले जितेका हुन् ।