विजयको खुसीयाली मनाउँदा बेहोस भएका वडा सदस्यको मृत्यु

धनकुटाकाे चौविसे गाउँपालिका वडा नं. २ का नवनिर्वाचित वडा सदस्य सूर्यअटल मगरको मृत्यु भएको छ ।
गाउँमा रहेको मतगणना स्थलमा उनको जितको घोषणा हुँदैथियो, उता अस्पातालमा भने चिकित्सक उनको मृत्यु भएको घोषणा गर्दै थिए।
धनकुटाको चौबीसे गाउँपापलिका २ को वडा सदस्य पदमा आफू पुनः विजयी बनेको खबर सुन्न नपाई ५२ वर्षीय अटलबहादुर सुर्जे मगरको निधन भएको छ। मधुमेह र उच्च रक्तचापका बिरामी उनको मष्तिष्कघातका कारण निधन भएको हो।
यसअघि पनि एमालेबाट वडा सदस्य निर्वाचित भइसकेका मगरले यसपटक पनि ७९२ मत सहित जित दर्ता गरेका थिए। तर, जितको खबर भने सुन्नै नपाई उनको निधन भयो।
‘बुबालाई जित्दैछु भन्ने त थाहा थियो’, उनका छोरा मदनले भने, ‘जितेको खबर सुन्नचाहिँ पाउनु भएन।’
उनले लगभग हजार मतको नतिजा सुनिसकेका थिए। चार सय हाराहारी मतको नतिजा आउन बाँकी थियो।
शनिबार साँझ ६ बजेतिर मतागणनास्थलमै अचानक स्वास्थ्य समस्या आएपछि उनलाई उपचारका लागि धरान लगिएको थियो। तर, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइसियु खाली नरहेको बताएपछि विराटनगर लगिएको छोरा मदनले बाताए।
विराटनगरको नोबेल अस्पतालमा पुर्याएपछि राति एक बजे उनलाई चिकित्सकले मृत घोषणा गरे।
‘गणनास्थलमा बसिरहेका बेला पसिना आउने, काम्ने बान्ता आउने भयो,’ मदनले भने, ‘त्यत्तिकैमा उहाँ बेहोस हुनुभयो। त्यसपछि होस आएन।’
मगरका दुई छोरा र पत्नी छन्।
मतपरिणाम सार्वजनिक भएपछि खुसीयाली मनाउँदै गर्दै बेहोस भएर ढलेका उनकाे उपचारकाको क्रममा विराटनगरमा मृत्यु भएको हाे ।
शनिबार आएको मत परिणाम अनुसार चौविसे गाउँपालिका वडा नं. २ को वडा सदस्यमा नेकपा एमालेको तर्फबाट उम्मेदवार रही विजयी भएका थिए ।