स्थानिय निर्वाचन : देवचुली १ र २ मा एमाले प्यानल सहित बिजयी


 



स्थानिय तहको निर्वाचनमा देवचुली नगरपालिकाको वडागत नतिजा आउन सुरु गरेको छ। वडा नं १ मा नेकपा एमाले प्यानल सहित बिजयी भएको छ।

 

वडामा एमालेका वडाध्यक्ष पदका उम्मेदवार कृष्णबहादुर केसीले आफ्ना प्रतिद्वन्द्वी स्वतन्त्र (काङ्ग्रेसका वागी) उम्मेदवार अनिल बस्ताकोटीलाई ३ सय १ मतले पराजित गरेका हुन ।

 




केसीले ८ सय मत प्राप्त गर्दा वस्ताकोटीले ४ सय ९९ मत प्राप्त गरे । यसैगरी महिला सदस्यमा नेकपा एमालेका संगिता घर्ती  रेगामी मगरले काङ्ग्रेसका सबिना माझीलाई हराईन।

 

मगरले ८ सय ९२ मत प्राप्त गरिन भने माझीले ५ सय २ मत प्राप्त गरिन । दलित महिला सदस्यमा उर्मिला बिकले ९ सय २२ मत ल्याएर ४ सय ८३ मत ल्याएकी काङ्ग्रेसकि बेलिमाया नेपालीलाई जितिन् ।

 

सदस्य पदमा भने अजय थनेतले दलबहादुर चौधरीलाई र बिजय माझीले रोशन पौडेललाई हराए। थनेतले ८ सय ७९ मत प्राप्त गर्दा चौधरीले ४ सय ७९ मत ल्याए भने माझीले ८ सय १५ ल्याउँदा पौडेलले ५ सय ८१ मत पाए ।

 

नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित कृष्णबहादुर केसी एमाले देवचुली नगरपालिकाका अध्यक्ष समेत हुन् ।

 

त्यसैगरी स्थानीय तहको निर्वाचनमा देवचुली नगरपालिकाको वडागत नतिजा आउने क्रम बढेको छ । देवचुली वडा नं २ मा नेकपा एमाले प्यानल सहित विजयी भएको छ ।

 

वडामा एमालेका वडाध्यक्ष पदका उम्मेदवार शरद प्रसाद घिमिरेले आफ्ना प्रतिद्वन्दी नेपाली काँग्रेस (गठबन्धन) का उम्मेदवार माधव केसीलाई १२ मतले पराजित गरेका हुन् । घिमिरेले ४ सय ७० मत ल्याउँदा केसीले ४ सय ५८ मत प्राप्त गरेका थिए ।

 

यसैगरि महिला सदस्यामा नेकपा एमालेका सरस्वती पाठकले नेपाली काँग्रेस (गठबन्धन) की अनिता वाग्लेलाई पराजित गराएकी छिन् । पाठकले ५ सय ४७ मत ल्याउँदा वाग्लेले ३ सय ८७ मत प्राप्त गरेकी थिईन् ।

 

यता दलित महिलातर्फ नेकपा एमालेकी सुकमाया वि।कले ४ सय ५३ मत प्राप्त गर्दा नेपाली काँग्रेस ९गठबन्धन० की धनु परियारले ४ सय ५२ मत प्राप्त गरेकी छिन् । वि.क र परियारमा जम्मा १ मतको फरक रहेको छ ।

 

सदस्य पदमा भने नेकपा एमालेका हेमराज भण्डारीले ४ सय ६४ मत प्राप्त गरेर नेपाली काँग्रेस (गठबन्धन) का जित बहादुर महत्तोलाई हराएका छन् । महतोले ४ सय ४० मत प्राप्त गरेका छन् ।

 

सदस्यमा नेकपा एमालेका हरिभक्त श्रेष्ठले ४ सय ५१ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेस ९गठबन्धन०का टेक बहादुर माझीले ४ सय ६ मत प्राप्त गरेका छन् । श्रेष्ठले माझीलाई ४५ मतले पराजित गरेका हुन् ।

 



सम्बन्धित
Loading...