कावासोतीमा पहिलो पटक हातको सफल शल्यक्रिया




१ जेठ , नवलपुर ।
नवलपुरको कावासोती स्थित कालीगण्डकी नारायणी सामुदायिक अस्पतालमा पहिलो पटक हातको सफल शल्यक्रिया गरिएको छ ।

सामुदायिक अस्पतालबाटै सम्पूर्ण शल्यक्रिया (अप्रेसन)को सेवासमेत सञ्चालन भएको मेडिकल डाइरेक्टर डा छविलाल थापाले बताउनु भयो ।




आइतबार १२ वर्षीय बालक रमेश महतो र १९ वर्षिय विष्णु मल्लको हातको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

जिल्लामा नै पहिलो पटक भरपुरबाट आएका चिकित्सकको टोलीले हातको सफल शल्यक्रिया गरेको हो । गत वर्षको वैशाख १ गतेखि काली गण्डकी र चितवनको नारायणी सामुदायिक अस्पतालमर्च भएको थियो । भने अस्पतालले पछिल्लो समय थप गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

५१ शय्याको अस्पतालमा पर्याप्त सेवा दिँदै आएको अस्पतालले जनाएको छ ।



सम्बन्धित
Loading...