कावासोती १६ मा माओवादी केन्द्रका श्रेष्ठ वडाध्यक्षमा विजयी


नवलपुरको कावासोती नगरपालिकामा माओवादी केन्द्रले खाता खाेलेकाे छ ।



कावासाेतीमा कावासाेती १६ बाट मात्र माओवादीले वडाध्यक्षमा उम्मेद्वार उठाएकाे थियाे ।

गठबन्धन तर्फका उम्मेद्वार तथा माओवादी केन्द्रका तर्फबाट कावासाेती १६ काे वडाध्यक्षका उम्मेद्वार आनन्द श्रेष्ठ विजयी भएका हुन् ।




अन्यमा दुई सदस्य माओवादी केन्द्रबाट एक सदस्य जनमोर्चा र एक सदस्य नेपाली काँग्रेसबाट गठबन्धनको प्यानल सहित विजय हासिल भएको छ ।

कावासाेती १६ काे आधिकारिक मत परिमाण भने सार्वजनिक भएकाे छैन ।

२०७४ काे स्थानीय तह निर्वाचनमा पनि कावासाेती १६ मा माओवादी केन्द्र निर्वाचित भएकाे थियाे ।



सम्बन्धित
Loading...