भरतपुर महानगरमा रेनु दाहाल ५० मतले पछि परिन्




भरतपुर महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहाल ५० मतले पछि परेकी छन् ।

 

११ हजार ३२८ मत गन्दा नेकपा एमालेका विजय सुवेदीले ३ हजार ९४४ मत पाएका छन् भने दाहालले ३ हजार ८९४ मत पाएकी छन् ।

 




प्रमुख पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ५७२ मत पाएका छन् ।

 

उपमेयरमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ४ हजार ४७६ मत पाएका छन् भने एमालेसँगको तालमेलमा राप्रपा उम्मेदवार हिमला गुरुङको ३ हजार ७० मत छ ।

 

 



सम्बन्धित
Loading...