देवचुलीमा प्रमुख उपप्रमुख दुवैमा एमालेका अग्रता, ५ वटा वडामा एमालेको जित, २ वटा वडामा काँग्रेसको

रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलरासीको देवचुली नगरपालिकामा नगरप्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमालेको अग्रता लिएको छ । मतगणनाको शुरु देखिनै अग्रता लिएको एमालेले ७ वटा वडाको अन्तिम मत परिणाम आउँदासम्म पनि अग्रता कायमै राखेको छ ।
देवचुली नगरपालिकामा अहिलेसम्म १, २, ३, ४ र ५ नम्बर वडाका साथै १५ र १७ नम्बर वडाको मतगणना सकिएको छ । देवचुली १६ को पनि सकिएको छ तथापि अन्तिम मत परिणाम भने सार्वजनिक भएको छैन ।
त्यसैगरी देवचुली १३ र १४ को मतगणना चलिरहेको छ ।
देवचुली नगरपालिकाको नगरप्रमुखमा अहिलेसम्म नेकपा एमालेका हरि न्यौपानेले ६५६८ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा एमालेकी पार्वता तिवारीले ६५६९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नगर प्रमुखमा नेपाली काँग्रेसका अशोक वस्ताकोटीले ५६५३ र नगर उपप्रमुखमा माआवादी केन्द्रका सत्यनारायण भुसालले ३८०१ मत प्राप्त गरेका छन् । एमालेले नगरप्रमुखमा ९१५ मतले अग्रता लिएको छ ।
देवचुली १, २, ४, ५ र १७ नम्बर वडामा नेकपा एमालेले जितको छ भने ३ र १५ मा नेपाली काँग्रेसले जितको छ । देवचुली १६ मा माओवादी केन्द्र र एमालेबीच १/२ मत अन्तरले कडा प्रतिप्रर्धा चलिरहेको छ ।
