रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणनामा बिवाद





रुपन्देहीको तिलोत्तमा नगरपालिकाको  मतगणनामा  कर्मचारीले बदमासी गरेको भन्दै बिवाद भएको छ  । नगरपालिकाको वार्ड  नम्बर २ को मतगणना गर्दा  कर्मचारीले ६९ लाई ९५  टिपाएपछि  बिवाद भएको हो ।

 

बिवाद पछि सर्वदलीय बैठकले  तिलोत्तमा नगरपालिकाका कर्मचारी बाहेक अन्य कर्मचारी राखेर मतगणना गर्ने सहमति भएको छ । निर्वाचन अधिकृत माधव  लोहनीले नगरपालिका वाहेक अन्य कर्मचारी राखेर  मतगणना गर्ने तयारी भएको बताए ।

 


उनले कर्मचारीको गल्ती भेटिएपछि अन्य कर्मचारी राखेर  मतगणना गर्ने सर्वदलीय बैठकबाट सहमति भएको बताए । यसअघि  मतगणना स्थलमा नेपाली काँग्रेस कार्यकर्ताहरूले नाराबाजी गरेका थिए ।



सम्बन्धित
Loading...