देवचुली मेयर उपमेयर दुवै एमालेले विजयी, यस्तो छ अन्तिम मत परिणाम विवरण

नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । नगरप्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमाले विजयी भएको हो ।
यहाँ यस अघि मेयर काँग्रेस र उपमेयर एमालेले जितेको थियो । नगर प्रमुखमा नेकपा एमालेका हरिप्रसाद न्यौपानेले १२८०६ मत प्राप्त गरी विजयी भए भने उनका निकतम प्रतिद्वन्दी ल्याए भने काँग्रेस माओवादी गठबन्धनबाट नगरप्रमुखका काँग्रेसका ्उम्मेदवार अशोक वस्ताकोटीले ११२१० मत प्राप्त गरेका छन् ।
देवचुली नगरपालिकामा नगर प्रमुखमा हरि न्यौपाने र उपप्रमुखमा पार्वता तिवारी विजयी भएका हुन् । २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेका हरि न्यौपाने काँग्रेसका पूर्णकुमार श्रेष्ठसँग पराजित भएका थिए भने नगर उपप्रमुखमा एमालेकी पार्वता तिवारी निर्वाचित भएका थिए ।
अहिलेको जितसँगै एमालेका हरि न्यौपानेले अघिल्लो पटकको पराजयको काँग्रेससँग बदला लिएका छन् । देवचुलीमा नेपाली काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । काँग्रेसबाट नगरप्रमुखमा अशोक वस्ताकोटी र माओवादी केन्द्रबाट नगर उपप्रमुखमा सत्यनारायण भुसालले उम्मेदवारी दिएका थिए ।
नगरउपप्रमुखमा नेकपा एमालेकी पार्वता तिवारीले १२७४९ मत प्राप्त गरी जित हात पारे भने माओवादी केन्द्रका नगरउपप्रमुखका उम्मेदवार सत्यनारायण भुसालले ८२२८ मत प्राप्त गरे ।
यस्तो छ अन्तिम मत परिणाम
नगरप्रमुख पदका उम्मेदवारहरुको अन्तिम मत परिणाम
हरि प्रसाद न्यौपाने
अशोक बस्ताकोटी
अस्विन राज ओझा
श्याम शर्मा भुसाल
कृष्णराज गैरे
खगराज कंडेल
दुद बहादुर आले मगर
प्रेम भट्टराई
पार्वता तिवारी
सत्य नारायण भुसाल
देवी प्रसाद खनाल
सिता कुमारी थनेत
फुल कुमारी थापा मगर
सुष्मा काफ्ले
कृष्ण बहादुर के.सी.
होमनाथ पौडेल
गिर वहादुर थापा क्षेत्री
कृष्ण प्रसाद सापकोटा
मिन बहादुर सोती मगर
भुमिसरा आले
नुन प्रसाद बाचे
बलि राम सापकोटा
रेप्ती कुमार घर्ती
तिल प्रसाद काफले
लोक प्रसाद भुर्तेल
एकदेव पौडेल
गोपाल थापा
सुरेश कुमार रानाभाट
केशव राज गौतम
गणेश शर्मा चालिसे