ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कास्कीको पोखरा महानगरपालिका–२९ आदर्शचोकमा मंगलबार साँझ ट्रक र मोटरसाइकल ठो’क्किँदा एक जनाको मृ>त्यु भएको छ । दुर्घ’टनामा एक जना गम्भीर घा’इते भएका छन् ।
मृ<त्यु हुनेमा मोटरसाइकल चालक तनहुँको शुक्लागण्डकी नगरपालिका–९ का २० वर्षीय नबिन थापा रहेका छन् । गम्भीर घा”इते भएका उनको उपचारका क्रममा पश्चिम क्षेत्रीय अस्पताल पोखरामा मृ>त्यु भएको प्रहरीले जनाएको छ ।
घा<इते भएका मोटरसाइकलमा पछाडी सवार सोही स्थानका २१ वर्षीय दिपेन्द्र रावतको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
पोखराबाट तनहुँतर्फ जाँदै गरेको ग १३ प ८१०६ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ९३८१ नम्बरको ट्रक हिजो साँझ ५ बजे आपसमा ठो’क्किएका थिए ।
ट्रक सहित चालकलाई ईलाका प्रहरी कार्यालय शिशुवाले नियन्त्रणमा लिएको छ ।