मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


 



ललितपुरको बालकुमारीमा गएराती मोटरसाइकलको ठ>क्करबाट पैदलयात्रीको मृ”त्यु भएको छ । 

 

मृ<त्यु हुनेमा हाल पहिचान नखुलेका अन्दाजी ३० वर्षीय युवक रहेका छन् । 

 




मोटरसाइकलको ठ;क्करबाट गम्भीर घा”इते भएका युवकको उपचारको क्रममा आज बिहान ३ बजे बिएण्डबी अस्पताल ग्वार्कोमा मृ>त्यु भएको प्रहरीले जनाएको छ । 

 

कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२३ प ०४९१ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका युवकलाई गएराती सवा ९ बजे ठ’क्कर दिएको थियो । 

 

मोटरसाइकल सहित चालकलाई प्रहरी वृत सातदोबाटोले नियन्त्रणमा लिएको छ ।

 



सम्बन्धित
Loading...