मतगणना सुचारु गर्न माग गर्दै कावासाेतीमा नाराबाजी

कावासाेती । कावासाेती नगरपालिकाकाे मतगणना सुचारु गर्न माग गर्दै नाराबाजी भएकाे छ ।
कावासाेती नगरपालिकाकाे मतगणना मंगलबार राति ९ बजेदेखि मतगणनाकाे काम हुन नसकेको भन्दै गणना कार्य सुचारू गराउन एमाले निकट नेता कार्यकर्ताले मतगणना स्थल बाहिर नाराबाजी गरेकाछन् ।
धाधली गर्न मतगणना राेककाे भन्दै बिराेध गरेका छन् । सरकारले नियाेजित रुपमा मतगणना सम्पन्न भएपछि १२ नम्बर वडाकाे परिणाम घाेषणा नगर्नु र मतपेटिकाकाकाे सिल खाेलेपछि मतगणना राेक्नु धाधलीकाे शंका भएकाे भन्दै नाराबाजी गरेकाछन्।

काङ्ग्रेसले वडा नम्बर १२ काे मतगणना गर्दा प्राप्त अङ्क फरक परेकाे भन्दै मंगलबार राति देखि मतगणना कार्य राेकेकाछन् । मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारले भने यश अघिनै गणनामा कुनै मत फरक नरहेको बताउनुभएको छ ।
१३ वटा वडाकाे गणना सम्पन्न भएपछि गणना कार्य राेकिएकाे हाे । १२ नम्बर वडाकाे गणना सम्पन्न भएको छ। तर अन्तिम परिणाम घाेषणा भएकाे छैन । यश वडामा एमालेका उम्मेदवारकाे मत धेरै रहेकाे छ ।
१२ सहित अन्य ९ वटा वडा गरि एमालेले १० वटा वडामा जितेकाे छ । ३ वटा वडामा गठबन्धन विजयी भएकाे छ । मेयर तथा उप मेयर पदमा एमालेकाे अग्रता रहेकाे छ ।
