नवलपरासीमा दुई स्वतन्त्र उम्मेदवारले जिते वडाध्यक्ष


 



पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका नवलपरासीका दुई जना उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।

 

रामग्राम नगरपालिका–१५ मा धनपद यादव र बर्दघाट नगरपालिका-३ मा प्रकाशचन्द्र अधिकारी वडाध्यक्षमा निर्वाचित भएका छन् ।

 




महिला सदस्यबाहेक स्वतन्त्रको टिम नै बनाएर चुनाव लडेका अधिकारीले प्यानसहित विजयी भएका हुन् । विजयी हुने सबै जना कांग्रेसका क्रियाशील सदस्य थिए ।

 

तर पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए । यादव २०७४ सालको निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षमै निर्वाचित भएका थिए ।

 

बर्दघाट नगरपालिकामा चुनाव जितेका अधिकारीलाई सुरुमा टिकट दिए पनि पछि गठबन्धन बनेपछि फिर्ता गराइएको थियो । त्यसपछि उनले पार्टीबाट राजीनामा दिएर टिम बनाएर चुनाव लडेका थिए ।

 

रामग्राममा यादवले वडाध्यक्ष जित्दा कांग्रेसका उमेदवार चौथो भएका छन् । यादवले माओवादी केन्द्रका उम्मेदवार देवनारायण पाण्डेलाई ३११ मत अन्तरले पराजित गरे ।

 

बर्दघाटमा अधिकारीले जित्दा गठबन्धनका उम्मेदवार भने तेस्रो भएका छन् । अधिकारीले एमालेका उम्मेदवार जीवनबहादुर थारुलाई १३१ मत अन्तरले पराजित गरे ।

 

 



सम्बन्धित
Loading...