मतदान अधिकृतसहित गणकहरू मत गन्दागन्दै सुटुक्क हिँडेपछि…


 



पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ५, गुन्सामा चार वटा मतपत्र हराएको भन्दै विवाद सुरु भएपछि सहायक मतदान अधिकृतसहित गणक कर्मचारीहरू मतदानस्थल नै छाडेर हिँडेका छन् ।

 

मतगणनाको क्रममा तीन मत हराएको र चार वटा मतपत्रको अर्धकट्टी नै नभएको पाइएपछि पुन: मतगणना गर्नुपर्ने माग राख्दै कांग्रेससहित अन्य दलका कायकर्ताले मतगणनालाई रोकेका थिए ।

 




प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले सहायक मतदान अधिकृत दिनेश पोखरेल र गणक कुमार बस्नेत मगणनाबीचमा त्यहाँ नभएको खबर पाएपछि अन्य कर्मचारी व्यवस्थापन गरेर मगणना गरिने बताए ।

 

‘विवाद मिलाउन र शान्तिपूर्वक मतगणना सफल गर्न त्यहाँ पुग्दैछौं, दुई जना त्यहाँ नभएको कुरा आएको छ, कर्मचारी खोजेर मतगणना थाल्न प्रयास गर्नेछौं,’ खनालले भने । कांग्रेसका क्षेत्र नं २ का महाधिवेशन प्रतिनिधि कालिका गोलेले सहायक मतदान अधिकृत पोखरेल र गणक बस्नेतले आफूलाई फोन गरेर आफ्नो ज्यान जोखिम भएपछि राजीनामा दिएर काठमाडं पुगिसकेको बताएको जानकारी दिए ।

 

‘मतदान अधिकृत कृष्ण सुवेदीले मान्नुभएन, विवाद चर्किएर झडप हुने अवस्था भयो, हाम्रो ज्यानको जोखिम हुने भएपछि राजीनामा दिएर काठमाडौं गएको भनेर उहाँहरूले फोनमार्फत् बताउनु भएको छ,’ गोलेले भने ।

 

पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ५, गुन्सामा १२०३ मत खसेकोमा आहिलेसम्म एमालेका उम्मेदवार काले गोले ४६० र कांग्रेसका रवि थिङले ४५६ मत ल्याएका छन् ।

 

दुवैबीच चार मतको मात्रै अन्तर देखिएको छ । ‘आहिले चार वटा मतको फरकमा वडाको चुनावी मतगणना रोकिएको छ । मतदान अधिकृत र अन्यले जबर्जस्ती परिणाम सुनाउँछौं भनेर पेलिरहेका छन्, तीन मत नै हराएको छ, रिकाउन्ट हुनुपर्छ भन्दा अधिकृत र प्रतिद्वन्द्वीले दलका उम्मेदवारले मानेका छैनन्,’ गोलेले भने ।

 

उनका अनुसार यसअघि एमालेका कार्यकर्ताले पुन: मतगणना हुनुपर्छ भनेर मंगलबार गाउँपालिकामा निवेदन लेख्दै कांग्रेसले बुथ कब्जा गरेको आरोप लगाएको उनले बताए । गुन्साका निर्वाचन अधिकृत कृष्ण सुवेदीले एमालेको पक्ष लिएर बदर मतलाई पनि सदर गरिदिएको उनको आरोप छ।

 



सम्बन्धित
Loading...