लोकप्रिय मतसहित सुनिता डंगोलको अग्रता


 



काठमाडौं महानगरपालिकाको उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोल लोकप्रिय मतसहित अग्रता कायम गरिरहेकी छिन् ।

 

डंगोलले १९ हजार मत कटाएकी छन्। बिहीबार बिहानको मतपरिणाम अनुसार डंगोलले १९ हजार ९५६ मत प्राप्त गरेकी छन्।




सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ६ हजार ३१६ मत प्राप्त गरेका छन्।

 

काठमाडौं महानगरको वडा नम्बर १, २,३, ४ र ५ को मतगणना सकिएको छ। अहिले वडा नम्बर ६, ७, २६, २९, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ ।



सम्बन्धित
Loading...