गठबन्धन र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा


 



दाङको तुलसीपुर उपमहानगरपालिकामा गठबन्धन र एमालेका उम्मेदवारबीच क डाप्रतिस्पर्धा देखिएको छ ।

सुरुवातमा एमाले अघि थियो । त्यसलाई उछिन्दै अहिले गठबन्धन अघि छ । ९ हजार ६ सय २५ मत गन्दा गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार कांग्रेसका गेहेन्द्र गिरी १६६ मतले अगाडि छन् । गिरीले ४ हजार २ सय १२ मत ल्याएका छन्, भने एमालेका उम्मेदवार टिकाराम खड्काले ४ हजार ७६ मत ल्याएका छन् । 

 




अहिले तुलसीपुरका ३ वटा वडाको मतगणना कार्य भइरहेको छ ।  दुई वटा वडाको नतिजा आईसकेको छ । अहिले ३, ४ र ५ को गणना भइरेहेको छ । त्यसमध्ये ३ बाट एमालेले, ४ र ५ बाट काँग्रेसले अग्रता लिइसकेको छ ।

 

उपमेयरमा भने सुरुवातदेखि नै एमाले अग्रस्थानमा छ । एमालेका तर्फबाट उपमेयरका उम्मेदवार स्यानी चौधरीले ३ हजार ९ सय ४९ मत प्राप्त गरेर अग्रस्थानमा छिन् ।  गठबन्धनको तर्फका उम्मेदवार एकीकृत समाजवादीका जोगबहादुर राणाले ३ हजार ४ सय ३२ मत ल्याएका छन् ।

 

अहिलेसम्म वडा नं. १ मा गठबन्धनको तर्फका उम्मेदवार माओवादी कन्द्रका हुमकान्त सापकोटा र २ नम्बरबाट एमालेका उम्मेदवार भिमबहादुर योगीले विजयी हासिल गरिसकेका छन्।

 

तुलसीपुरमा यस अघिको स्थानीय तह निर्वाचनमा एमालेले विजयी हासिल गरेको थियो । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकोमा ७४हजार ३३६ जनाले मतदान गरेका थिए ।

 



सम्बन्धित
Loading...