खैरहनी; स्थानीय तहकाे नेतृत्वमा माओवादी केन्द्र शून्य !

नेकपा (माओवादी केन्द्र) चितवनको खैरहनी नगरपालिकाको स्थानीय तहको नेतृत्वमा शून्य देखिएको छ ।
खैरहनी नगरपालिकामा कुल १३ वटा वडा छन् । खैरहनीमा नेपाली कांग्रेससँग गठबन्धन गर्दै स्थानीय तहको निर्वाचनमा होमिएको माओवादी केन्द्र । कांग्रेसले मेयर जित्दा माओवादी केन्द्रको आफना एक वडा सदस्य समेत छैन ।
गठबन्धनमा भागबन्डा गर्दा खैरहनीको मेयर नेपाली कांग्रेस र उपमेयर नेकपा माओवादी केन्द्रको भागमा परेको थियो । त्यस पश्चात् पार्टीको निणर्य अनुसार माओवादी केन्द्रले मेयरमा र पालिका भित्रको ६ वटा वडामा उमेदवारी नै दिएको थिएन ।
उपमेयरमा माओवादी केन्द्रबाट लक्ष्मी ढकालले उमेदवारी दिएकी थिइन् । त्यस्तै, वडाहरु १,२,३,४,५,८ र ११ मा त्रमशः रामशरण कँडेल, हेमनाथ अर्याल, दलबहादुर सुनार, कृष्णबहादुर बस्नेत , प्रकाश कुँवर, रामशरण कार्की र मधुसुदन उप्रेतीले वडाध्यक्षमा आफनो उमेदवारी दिएका थिए । बाकिँ वडा ६,७,९,१०,१२ र १३ मा माओवादी केन्द्रले आफनो उमेदवारी दिएको थिएन ।