कावासोतीमा एमालेको जित


 



पूर्वी नवलपरासीको कावासोतीको नगरप्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ ।

 




कावासोती नगरपालिकाको अन्तिम मत परिणाम आउँदा कावासोती नगरप्रमुखमा नेकपा एमालेका विष्णु भुसाल र उपप्रमुखमा फुलकुमारी थनेत विजयी भएका हुन् ।

 

भुसाल नगरप्रमुखमा ३०४ मतअन्तरले विजयी भएका छन् भने उपप्रमुखमा फुलकुमारी थनेत ५४६३ बढीको फराकिलो मत अन्तरले विजयी भएका छन् ।

 

नगरप्रमुखमा एमालेका भुसालले १८६०८ मत प्राप्त गरे भने काँग्रेसका महेन्द्र पोख्रेलले १८३०४ मत प्राप्त गरे ।

त्यसैगरी नगर उपप्रमुखमा नेकपा एमालेकी फुलकुमारी थनेतले १९७२४ र माओवादी केन्द्रका पतिराम थनेतले १३५६१ मत प्राप्त गरे ।

 कावासोती नगरपालिकामा निर्वाचित वडाअध्यक्षहरुको विवरण 

  • १ तापारक अहमद मिया नेपाल कम्युनिष्ट पार्टी (एमाले)
  • २ शिव प्रसाद पाण्डे नेपाली काँग्रेस
  • ३ डोरमान गिरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)
  • ४ नारायाण प्रसाद लोहनी नेपाल कम्युनिष्ट पार्टी (एमाले)
  • ५ निरज कुमार पुन नेपाल कम्युनिष्ट पार्टी (एमाले)
  •  ६ याम बहादुर थापा नेपाल कम्युनिष्ट पार्टी (एमाले)
  •  ७ गोविन्‍द प्रसाद महतो नेपाल कम्युनिष्ट पार्टी (एमाले)
  •  ८ भिम बहादुर रिमाल नेपाल कम्युनिष्ट पार्टी (एमाले )                                             -९ रिभर कुमार श्रेष्‍ठ नेपाली काँग्रेस
  • १० टेक नारायण महतो नेपाल कम्युनिष्ट पार्टी (एमाले)
  • ११ शारदा प्रसाद अधिकारी नेपाली काँग्रेस
  • १२ ध्रुव खनाल नेपाल कम्युनिष्ट पार्टी (एमाले)
  • १३ लाल बहादुर गुरुङ्ग नेपाल कम्युनिष्ट पार्टी (एमाले)
  • १४ तुलसी राम थारु नेपाल कम्युनिष्ट पार्टी (एमाले)
  • १५ तेज कुमार श्रेष्‍ठ नेपाली काँग्रेस
  • १६ आनन्‍द श्रेष्‍ठ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
  • १७ चुरा मणी थनेत नेपाल कम्युनिष्ट पार्टी (एमाले)

 

 

 

 



सम्बन्धित
Loading...