वडाध्यक्ष विजयी भएको एक सातापछि भेटियो नखोलिएको मतपेटिका

महोत्तरीको बर्दिबास नगरपालिकामा एउटा मतपेटिकाको मतै नगनि वडाध्यक्ष विजयी भएको घोषणा गरेको पाइएको छ।
ट्रेन्डिङ

महोत्तरीको बर्दिबास नगरपालिकामा एउटा मतपेटिकाको मतै नगनि वडाध्यक्ष विजयी भएको घोषणा गरेको पाइएको छ।
सबै वडाको मतगणना सकेर बर्दिबास ९ को अन्तिम गणना चलिरहँदा ६ दिनअघि नै गणना सकेको बर्दिबास ८ को एउटा मतपेटिका फेला परेको हो। फेला परेको मतपेटिकामा कति मत छ सार्वजनिक गरिएको छैन।
गएको वैशाख ३१ गते नै बर्दिबास -८ को मतगणना सकेर परिणाम सार्वजनिक गरिएको थियो।
निर्वाचन अधिकृतले बर्दिबास -८ मा माओवादी केन्द्रका उम्मेदवार समशेरसिंह लामा एमालेका रुद्रबहादुर किङरिङ मगरलाई पराजित गर्दै विजयी बनेको घोषणा गरेका थिए।
लामाले ७५१ मत पाएका थिए भने मगरले ७४४ मत पाएका थिए।
विजेताको टुंगो लागिसकेको वडाको नगनिएको मतपेटिका भेटिएपछि सर्वदलिय बैठक बस्न लागेको पत्रकार सुनिता बरालले जानकारी दिइन्।
Recover your password.
A password will be e-mailed to you.