लागुऔषध सहित २ जना पक्राउ


 



नवलपुर । चितवनको खैरहनी नगरपालिका वडा नम्बर ८ बाट लाघु औषध सहित दुइ जना पक्राउ परेका हुन् ।

 

पक्राउ पर्ने महोत्तरी जिल्ला मनरा सिसवा नगरपालिका वडा नं . २ बस्ने बर्ष २५ को बिष्णु देव अधिकारी र काठमाण्डौ जिल्ला चन्द्रागिरी नगरपालिका वडा नं. ४ बस्ने बर्ष २९ को कृष्ण गुरुङ रहेका छन् ।

 




खैरहनी नगरपालिका वडा नम्बर ८ मा लागु औषध ओसारपसार एवं विक्रि वितरण भई रहेको भन्ने सुचना पाएपछि उक्त स्थानमा प्रहरीले निगरानी गरी बस्दा पक्राउ परेका हुन् ।

 

उनीहरुलाई पक्राउ गरी तलासी लिँदा २४० ट्यावलेट लागुऔषध (नाईट्राजेपाम) कृष्ण गुरुङले लगाएको पेन्टी कट्टु भित्र, पाईन्टको भित्री भागमा र मोजामा समेतमा लुकाई राखेको र बिष्णु देवअधिकारीले बोकेको कालो रंगको झोलामा २७३० ट्यावलेट लागुऔषध (नाईट्राजेपाम) र ११०४ क्याप्सुल औषधीजन्य Tramadol लुकाई राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

 

नीजहरुलाई लागु औषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।

 



सम्बन्धित
Loading...