आजको राशीफल २०७५ कार्तिक ८ गते

0



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

महत्त्वाकांक्षी योजना प्रारम्भ हुन सक्छ। केही दौडधुप गर्नुपरे पनि विशेष अवसर प्राप्त हुनेछ। घरायसी समस्यामा घरभित्रै समाधान खोज्नु श्रेयष्कर हुनेछ।




वृष (इ उ ए ओ वा वी वु वे वो)

पेटको समस्याबाट जोगिन खानपानमा सजग रहनुहोला। काम रोकिने र अध्ययनमा बाधा हुने देखिन्छ। प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान पुर्याउनुहोला।

मिथुन (का कि कु घ ङ छ के को हा)

कृषि तथा व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ। स्वास्थ्यमा चोटपटक वा ज्वरो जस्ता समस्या देखिएलान्।नोकरी तथा राजनीति गर्नेहरूलाई लाभ मिल्नेछ।

कर्कट (ही हु हे हो डा डि डु डे डो)

दिनभर विभिन्न अवसर आउनाले उत्साह जाग्नेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ।मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

सिंह (मा मि मू मे मो टा टी टु टे)

मान–सम्मान र पद–प्रतिष्ठा पाइने समय छ। उद्योग–धन्दामा सफलता पाइनेछ तर बिनाकारण आफन्तजन टाढिन सक्छन्।

कन्या (टो प पी पु ष ण ठ पे मो)

पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। प्रतिद्वन्द्वीलाई पछि पार्न सकिनेछ। प्रेममा खटपटी देखापर्नेछ ।

तुला (र री रु रे रो ता ती तू ते)

समयमा जिम्मेवारी पूरा नहुँदा हातबाट अवसर फुत्कन सक्छ। उद्योगधन्दामा सामान्य फाइदा हुनेछ। केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले सजग रहनुहोला।

वृश्चिक (तो ना नी नू ने नो या यि यु)

राजनीतिक अगुवासँग भेटघाट हुन सक्छ। तर, ठूलो काम आँट गर्दा दु:ख पाइनेछ। विलासी वस्तुका लागि धन खर्च हुन सक्छ।

धनु (य यो भा भी भू ध फा ढ भे)

परिवारजनमा असमझदारी बढ्ने सम्भावना देखिन्छ। ज्वरो, टाउको दुखाइ वा आँखाको समस्याले पनि सताउन सक्छ। स्वास्थ्य कमजोर रहे पनि प्रतिस्पर्धामा फाइदा उठाउन सकिनेछ।

मकर (जो जा जी खी खू खे खो गा गी) 

काममा शुभचिन्तकहरूले हौसला प्रदान गर्नेछन्। दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ। उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुनेछन्।

कुम्भ (गू गे गो सा सी सु से सो द)

कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा उठाउन सकिनेछ। बहुमूल्य धातु संग्रह गर्ने योग छ। प्रतिस्पर्धीहरूका माध्यमबाट बढी लाभ हुनेछ।

मीन (दि दू थ भ ञ दे दो चा ची)

खर्च बढ्नाले आर्थिक अभाव देखा पर्न सक्छ। टाउको वा आँखामा समस्या देखिन सक्छ। अनावश्यक दौडधुपले धन तथा समय खर्च गराउन सक्छ।



सम्बन्धित
Loading...