‘दाल भात तरकारी’ को आइटम गीत सार्वजनिक (गीत सहित)
बैशाख २० गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिष्ठित ब्यानर मह सञ्चारले निर्माण गरेको यस वर्षको प्रतिक्षीत फिल्म मध्येको एक ‘दाल भात तरकारी’ को आइटम गीत सार्वजनिक भएको छ । ‘एन्टिबायोटिक खाऊँला’ बोलको गीतमा अभिनेत्री प्रियंका कार्कीले बोल्ड ठुम्का लगाएकी छन् । गीतमा मिना निरौलाको स्वर छ । गीतको शब्द बरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले लेखेका हुन् भने शम्भुजित बाँस्कोटाले संगीत भरेका छन् ।