तारा एयरको विमान दु`र्घटना भएको पुष्टि, घ`टानास्थलमा उद्दार टोलि जादै
गण्डकी प्रदेशको राजधानी पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरलाइन्सको विमान दु`र्घटना भएको छ ।
पोखरा विमानस्थलबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको जहाज विमान दु`र्घटना पुष्टि भएको छ ।
विमानमा १९ यात्रु र चालक दलका ३ जना सदस्य रहेको जनाइएको छ । घ`टनाको विस्तृत विवरण आउन बाँकी छ ।
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले तारा एअरको हराएको विमान खोजी गर्नका लागि सेनाको टोली दु`र्घटनास्थलतर्फ गइसकेको बताएका छन् ।
मुस्ताङको लेते आसपासमा दु`र्घटना भएको भन्ने खबर त्यहाँका स्थानीयले नागरिक उड्डयन प्राधिकरणलाई दिएको र प्रधिकरणले सेनालाई दिएपछि स्थलगत पुष्टि गर्नका लागि सेनाको टोली पैदल मार्गबाट गएको हो ।
‘नागरिक उड्ययन प्राधिकरणबाट स्थानीयले खबर गरेको भनेर मुस्ताङको लेतेको आसपासमा नौलीकोट भन्ने ठाउँमा घ`टना भएको भन्ने खबर आएको छ ।
हाम्रो त्यहाँ नजिकको घाँसामा सेनाको पोष्ट छ । त्यहाँबाट फिजिकल्ली कन्फर्मेसन गर्नका लागि पैदल मार्गबाट सेना गएका छन्,’ प्रवक्ता सिलवालले भने ।
काठमाडौंबाट हेलिकोप्टर उडिसकेको पनि प्रवक्ता सिलवालले बताए । ‘उद्दारका लागि काठमाडौंबाट पनि एमआई १७ हेलिकोप्टर गइसकेको छ ।
थप मान्छेहरू पोखराबाट लिएर घ`टनास्थलतिर गएको छ । थप खबर आउन बाँकी छ,’ उनले भने ।
सम्बन्धित समाचारहरु
- Breaking : तारा एयरको विमान १९ यात्रुसहित सम्पर्कविहीन
- पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कबिहीन : जहाजमा १९ यात्रु थिए
- अपडेटः ताराको सम्पर्कविहीन जहाज खोज्न हेलिकोप्टर पठाइयो
- तारा एयरको विमान मुस्ताङको टिटीमा दुर्घटना भएको आशंका, स्थानीयले गरे प्रहरीलाई खबर
