गणतन्त्र दिवसको दिन मनायो राप्रपाले पार्टी स्थापना दिवस


 



नवलपुर । राप्रपा नवलपुरले आज कावासोतीमा पार्टीको २३ औं पार्टी स्थापना दिवस मनाएको छ ।

 

राप्रपा नवलपुरका अध्यक्ष विष्णु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सविच गुनाखर काफ्लेको सञ्चालनमा भएको थियो ।

 




कार्यक्रममा राप्रपाबाट निर्वाचित नवलपुरका जनप्रतिनिधिहरुलाई सम्मान समेत गरिएको थियो ।

 

राप्रपाले नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा प्यानलै जितेको छ भने गैडाकोटमा दुई वटा वडा सदस्य जितेको छ ।

 

कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य निलकण्ठ काफ्ले, विन्दु पाहाडी, डा. मोहनीलाल भुसाल लगायतले मन्तव्य राखेका थिए ।

 



सम्बन्धित
Loading...